भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

लकडाउनमा सबैभन्दा बढी भ्रष्टाचार

लकडाउनमा सबैभन्दा बढी भ्रष्टाचार

कास्की । अख्तियारको तथ्यले भन्छ, सबैभन्दा बढी भ्रष्टाचार लकडाउनमा भयो । २०७६ चैत्रदेखि देशभर कोरोनाका कारण लकडाउन जारी भएको थियो । लकडाउन अवधिभर सबै प्रदेशका सरकारी कार्यलय देखि नीजि पसलहरुपनि बन्द भए ।

अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालयसबै प्राय घरैबाट चले ।सबै लक भएका बेला भ्रष्टाचार भने लक हुन नसकेको तथ्य अख्तियारको प्रतिवेदनले बताउँछ । आर्थिक वर्ष २०७७, ७८ मा भ्रष्टाचार सम्बन्धी नौ सय ३२ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

यो उजुरी अघिल्लो वर्षको भन्दा ९० ले बढी हो । भ्रष्टाचारका सबैभन्दा धेरै मुद्दा कास्कीमा परेको छ । एकै वर्ष चार सय ११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मनाङ र मुस्ताङका उजुरी तुलनात्मक कम छन् ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रतिवेदन बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.