भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लकडाउनमा सबैभन्दा बढी भ्रष्टाचार

लकडाउनमा सबैभन्दा बढी भ्रष्टाचार

कास्की । अख्तियारको तथ्यले भन्छ, सबैभन्दा बढी भ्रष्टाचार लकडाउनमा भयो । २०७६ चैत्रदेखि देशभर कोरोनाका कारण लकडाउन जारी भएको थियो । लकडाउन अवधिभर सबै प्रदेशका सरकारी कार्यलय देखि नीजि पसलहरुपनि बन्द भए ।

अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालयसबै प्राय घरैबाट चले ।सबै लक भएका बेला भ्रष्टाचार भने लक हुन नसकेको तथ्य अख्तियारको प्रतिवेदनले बताउँछ । आर्थिक वर्ष २०७७, ७८ मा भ्रष्टाचार सम्बन्धी नौ सय ३२ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

यो उजुरी अघिल्लो वर्षको भन्दा ९० ले बढी हो । भ्रष्टाचारका सबैभन्दा धेरै मुद्दा कास्कीमा परेको छ । एकै वर्ष चार सय ११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मनाङ र मुस्ताङका उजुरी तुलनात्मक कम छन् ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रतिवेदन बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.