भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् रू दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो ।

गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको आठ महिनामा रू दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

फागुन मसान्तसम्म रू एक खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले रू एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा रू ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा रू ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन तीन प्रतिशत विन्दुले न्यून हो । गतवर्ष फागुन मसान्तसम्ममा विभागले रू ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो ।

अन्तःशूल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म रू ७६ अर्ब ८२ करोड ४० लाख अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् रू ६४ अर्ब ८१ करोड ६ लाख सङ्कलन भएको छ । गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत विन्दुले बढेको छ ।

दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८ दशमलव ८१ प्रतिशत सङ्कलन भएको छ । फागुन मसान्तसम्मका लागि रू दुई अर्ब १४ करोड ८८ लाख बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो । गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष रू एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो ।

त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा रू चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा रू चार अर्ब ७१ करोड बराबर मात्रै सङ्कलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । आठ महिना अवधिमा रू एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६ करोड ४० लाख बराबर उठेको हो ।

 


Thali Mobile Pvt.Ltd.