भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

लघुवित्त विरुद्ध प्रदर्शन, ऋण मिनाहा गर्न माग

लघुवित्त विरुद्ध प्रदर्शन, ऋण मिनाहा गर्न माग

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्ध राजधानीमा प्रदर्शन भएको छ । देशभरिबाट आएका लघुवित्त पीडितहरूले लघुवित्त संस्थाहरूले चर्को ब्याज र शुल्क लिएर शोषण गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

माइतीघर, नयाँ बानेश्वर, थापाथली लगायत स्थानबाट विरोध सुरुगरेका ऋणीहरूले ‘नवसामन्तीका रूपमा स्थापित लघुवितीय संस्थाहरू खारेज गर’‚ ‘लघुवित्त वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर ।’

आम गरीब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर’‚ ‘समाजवादी अर्थतन्त्रको विकास गर’ जस्ता नारा लगाएका छन् । प्लेकार्ड बोकेका प्रदर्शनकारीमा अधिकांश महिला सहभागि भएका छन् ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले देशैभरि लघुवित्त वित्तीय संस्थाको ज्यादती विरुद्ध आन्दोलन गर्दै आएको छ । उनीहरूले लघुवित्त वित्तीय संस्थाबाट प्रवाह भएको ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.