भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

लुम्बिनी र गण्डकीले नयाँ मुख्यमन्त्री पायो

लुम्बिनी र गण्डकीले नयाँ मुख्यमन्त्री पायो

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाएको छ । लुम्बिनीमा कांग्रेस नेता डिल्लीबहादुर चौधरी र गण्डकीमा कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चौधरी र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् । चौधरीले प्रदेशसभाका ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए भने उनलाई माओवादी, जसपा, लोसपा, नाउपा, जनमत, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।

मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री चौधरीको शपथग्रहण शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

चौधरी चौथो मुख्यमन्त्री बनेका छन्। गण्डकीमा मुख्यमन्त्री नियुक्त पाण्डेले माओवादीसमेतको समर्थन जुटाएर बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए ।

संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सरकार बन्न सक्ने व्यवस्थाबमोजिम पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

 


Thali Mobile Pvt.Ltd.