भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । माओवादीले आक्रमण गर्दा भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का रहेको जनाइएको छ ।

प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी रहेको खबर पाएपछि नक्सल विरोधी अभियानका लागि दन्तेवाडाबाट डीआरजी फोर्स पठाइएको थियो । सोही आक्रमणमा परी एक सवारी चालकको समेत मृत्यु भएको छ ।

जसका कारण अपरेशनमा संलग्न डीआरजीको गाडीलाई ठक्कर दिएको थियो । त्यसक्रममा १० जवान र गाडी चालकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त क्षेत्रमा खोजी कार्यका लागि थप जवानहरु पठाइएको प्रहरीले जनाएको छ । माओवादी विरुद्धको अपरेशन सकेर फर्कने क्रममा अरनपुर सडकमा संदिग्ध माओवादीले बम विष्फोट गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.