भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

वायु प्रदुषणका कारण मानव जीवन प्रभावित,सजक रहन विज्ञहरुको सुझाव

वायु प्रदुषणका कारण मानव जीवन प्रभावित,सजक रहन विज्ञहरुको सुझाव

काठमाडौं । विभिन्न औद्योगितक कारणहरु गर्दा वायु प्रदुषण बढ्दै गएको छ । वायु प्रदुषणका कारण मानव जीवन नै प्रभावित भएका वेला वितका यो वर्ष पनि काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढदै गएको छ । चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञहरूले जानकारी दिएका छन् । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन नसक्दा पनि प्रदुषण बढि रहको छ ।

प्रदुषण बढ्दा यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको विज्ञहरुले बताई रहेका छन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह हुने जस्ता समस्याहरु देखापर्ने गरेका छन् । जाडो मौसममा हावा चिसो हुने र चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्ने भएकाले चिसो र तातो हावाको तहले प्रदुषणलाई वायुमण्डलभित्रै अवरोध सिर्जना गर्दा जाडो मौसममा प्रदुषण बढी हुने विज्ञहरुको भनाई छ ।

वायु प्रदुषण हुनबाट सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउन, नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउन विज्ञको सुझाव रहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकने भएकाले सर्वसाधारण नागरिकहरु चनाखो भएर वातावरण सरसफाईमा लाग्न विज्ञहरुको आग्रह समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.