काठमाडौं । एमालेले भाइचारा र मैत्रीपूर्ण सम्बन्ध कायम गरेका देशका पार्टी प्रतिनिधिलाई १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चुलेनिम्तो दिएको छ । ६० देशका पार्टी प्रतिनिधिले त महाधिवेशनमा आउने जनाइसकेको एमालेले जनाएको छ ।
भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीका प्रतिनिधि महाधिवेशनमा नै आउने र अन्य देशका प्रतिनिधिले कोरोनाको कारण देखाउँदै शुभकामना सन्देश मात्रै पठाउने अतिथि सत्कार संयोजक एवं विदेश विभाग प्रमुख राजन भट्टराईले बताए।
आउँने अतिथिहरू मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने भट्टराईले जानकारी दिए । १० गते बिहान चितवन पुग्ने र ११ गते साँझ विदेशी पाहुनार्को सम्मानका लागि अध्यक्ष केपी शर्मा ओलीले रात्री भोजको आयोजना गर्ने भट्टराईले बताए । विदेशी पाउनालाई सौराहामा दृश्यावलोकनका लागि जंगल सफारी पनि गराउँने उनको भनाइ छ ।

