भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विपद् व्यवस्थापनमा नगरवासीसंग हातेमालो आवश्यक छः नगरप्रमुख बडुवाल

विपद् व्यवस्थापनमा नगरवासीसंग हातेमालो आवश्यक छः नगरप्रमुख बडुवाल

राकमकर्णाली । कर्णाली प्रदेश दैलेख जिल्लाको भौगोलिक रुपमा विकट मानिने आठबीस नगरपालिका प्राकृतिक रुपमा जति सुन्दर छ त्यतिकै रुपमा विपद्को जोखिममा रहेको छ । नगरलाई विपद्बाट जोगाउन दिर्घकालिन योजना बनाउँन आवश्यक रहेको नगरप्रमुख तर्कबहादुर बडुवालले बताएका छन् ।

प्रचारमुखी भन्दा पनि काममुखी भएकाले जनताका समस्या जहाँ छन्, ती समस्या समाधानमा नगरको टिमसंगसंगै नगरवासी र सरोकारवालासंग हातेमालो आवश्यक रहेको औल्याए । विपद् व्यवस्थापनमा आधारित एक कार्यक्रममा बडुवालले यस्तो धारणा राखेका हुन ।

समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति व्यहोर्न नपर्ने भन्दै विपद्मा अर्कालाई जोगाएर आफू सुरक्षित हुनुपर्ने बताए । हावाहुरी, पहिरो र वर्षातका कारण कतिपय स्थानीयवासीको छाना भत्कीएको र वर्षातको पानीले छाना चुहिने भएकाले घटनाको प्रकृति र क्षेती हेरेर नगरले तृपाल बाडेको बताए ।

विपद्मा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको सूचना सम्प्रेषण गरेर जिम्मेवारी पूरा गर्न आग्रह गरे । विपद् मानव जीवनको अजात शत्रु भएकाले यसबाट बच्न र बचाउन सबैकोे भूमिका महत्वपूर्ण हुने भन्दै जनप्रतिनिधिले अझ बढी चनाखो भएर काम गर्नुपर्ने निर्देशन दिए ।

 


Thali Mobile Pvt.Ltd.