भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विपी राजमार्गमा गुड्ने सवारीमा टाइम कार्ड लागु

विपी राजमार्गमा गुड्ने सवारीमा टाइम कार्ड लागु

सिन्धुली । मुख्य चाडपर्व शुरु भएसँगै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विपी राजमार्गमा गुड्ने सबै सवारी साधनहरुलाई टाइमकार्ड लागु गरिएको छ ।

राजमार्गमा दुर्घट्ना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउन थालिएको हो ।

विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको छ ।

पछिल्लो समय लागु गरिएको टाइम कार्ड अनुसार सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किलोमिटर सडकमा ठुला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेट र साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको छ ।

उता खुर्कोट नेपालथोक ३३ किलोमिटर सडकखण्डमा साना सवारीलाई ५५ मिनेट र ठुला सवारीलाई एक घण्टा १५ मिनेटको समय राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.