भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

विप्लवसँग वार्ता हुने विषयले उनीहरुलाई किन छटपटी ?

विप्लवसँग वार्ता हुने विषयले उनीहरुलाई किन छटपटी ?

काठमाडौँ । प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले कतिपयलाई छटपटी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै ओलीले नेत्रविक्रम चन्द्र (विप्लव) नेकपासँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्।

फरक राजनीतिक बाटोमा रहेका विप्लवलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेको बताए ।सम्बोधनकै क्रममा उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताए । ओलीले वैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.