भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

विप्लव नेकपाले लगायो घोडाघोडी नगरपालिकामा ताला

विप्लव नेकपाले लगायो घोडाघोडी नगरपालिकामा ताला

धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको सो पार्टीको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.