अध्यक्ष प्रचण्डलाई बधाईसंगै निमन्त्रणा

अध्यक्ष प्रचण्डलाई बधाईसंगै निमन्त्रणा

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा २६ हजार १ सय ३ मतका साथ विजयी भएपछि अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई बधाई तथा धन्यवाद दिनेहरुको घुइचो लाग्ने गरेको छ ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६६ मत अन्तरले पराजित गरेका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३७ मतमा सिमित भएका थिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार अब्दुससलाम मियाले ७ हजार ३ सय ९३ मत पाए भने राप्रपाका सुशील पन्तले १ हजार ८ सय १३ मत ल्याए ।

अघिल्लो पटक चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रचण्डले ४८ हजार २ सय ७६ मतका साथ राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए ।

गोरखा २ बाट निर्वाचित भएपछि प्रचण्डको चर्चा निकै हुने गरेको त छ नै अझ बधाइ समेत दिनेको घुइचोले झन चर्चा हुने गरेको छ । चर्चासंगै बधाईकाे ओइरो लाग्न थालेको छ ।

आज विहान पनि कैलाश खबर, ‘जे पाक्छ त्यहि बिक्छ’ अभियानका अभियान्ता एवं पर्यटन व्यवसायी रामसुन्दर बकेलगायतको टिम र विशिष्ट व्यक्तित्वहरूले भेटेर बधाइ दिएका छन् ।

यसैबीच पर्यटन व्यवसायी बकेले बधाईसंगै छोरा अविन बकेको यही मंसिर १८ गते हुने विवाह भोजमा सरिक हुन अध्यक्ष प्रचण्डलाई निमन्त्रणा दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.