काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक आज बस्ने भएको हो ।
राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बैठकले निष्कर्ष निकाल्ने बताइएको छ ।
बिहीबार अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज बैठक बोलाइएको एक नेताले बताए ।
