भर्खरै : Sorry, your browser does not support inline SVG.

विराटनगरमा कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५१ पुगेको छ । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको वडा अध्यक्षले बताए । उनले आफु होम आइसोलेशनमा बसेको बताएका छन् ।

थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.