भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

विश्वकप फुटबलः फाइनल खेलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त हुदै

विश्वकप फुटबलः फाइनल खेलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त हुदै

काठमाडौं । २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्।

अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको थियो।

दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ। छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ।

उमेरका कारण मेस्सीले अर्को विश्वकप खेल्ने वा नखेल्ने टुंगो नभएकाले पनि अर्जेन्टिनालाई यो विश्वकप जित्नैपर्ने दबाब छ। तर उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

मोरोक्कोलाई २(० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ। सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो।

फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८स्४५ बजे लुसिल स्टेडियममा हुनेछ। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मोरोक्कोलाई २(१ गोल अन्तले पराजित गर्दै क्रोएसियाले उपाधि जितेको छ।

 


Thali Mobile Pvt.Ltd.