भक्तपुरकी गोमा सापकोटाले राखिन विश्व कीर्तिमान( भिडियाे सहित)

भक्तपुरकी गोमा सापकोटाले राखिन विश्व कीर्तिमान( भिडियाे सहित)

काठमाडौं । मोस्ट अल्टरनेट हिट्स युजिङ अ टेबल टेनिस प्याडल इन वन मिनट शीर्षकमा रहेको यस अघिको विश्व किर्तिमानलाई तोडेर भक्तपुरकी गोमा सापकोटाले आफ्नो नाममा दर्ज गरेकी छन् । सन् २०१३ जनवरी ११ मा काठमाडौंकी अम्बिका प्रसाद निरौलाले एक मिनेटमा टेबल टेनिस प्याडल (ब्याट) प्रयोग गरेर सबैभन्दा बढी हिट २ सय ४१ पटक गरेर राखेको विश्व कीर्तिमान भक्तपुरकी गोमा सापकोटाले तोडेकी हुन्।

उनले एक मिनेटमा २४९ पटक बल प्रहार गरेर विश्व कीर्तिमान राखेकी हुन । गोमाले साबिक रेकर्डभन्दा ८ पटक बढी सोही अवधिमा बल प्रहार गर्न सफल भएर नयाँ कीर्तिमान बनाएकी छन्। भिडियो लिनका लागि कीर्तिमानी युवा संघले काठमाडौंस्थित सुन्दरीजल रिसोर्टमा शनिबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो। सापकोटाले तोड्न लागेको रेकर्ड यसअघि पनि नेपालबाटै पहिलो पटक कायम गरिएको हो।

टेनिस बलको प्याडल (ब्याट) ले उल्टो सुल्टो हुने गरी दोहोरो २४९ पटक प्रहार गरिएको भिडियो प्रमाणसमेत खिचिएको थियो । उक्त भिडियो गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा पठाइने र त्यहाँबाट प्रमाणीकरण भएर नतिजा सकारात्मक आए कीर्तिमान तोडिएको प्रमाणपत्र पाइनेछ। भिडियाे सहित……

 


Thali Mobile Pvt.Ltd.