चीन । वुहानमा कोरोनाभाइरस देखा पर्नु अमेरिकी सेना जिम्मेवार भएको चीनले आशंका गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलिसकेको छ ।
कोरोना भाइरस चीनको वुहानमा नै उत्पत्ति भएको कुरामा चिनियाँ विश्वस्त हुन सकेका छैनन् । अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
ट्वीट गर्दै प्रवक्ता जाओ लिजियानले लेखेका छन्, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’ महामारी वुहानसम्म ल्याइपुर्याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने शंका झाओले गरेका छन् ।
पारदर्शी भएर तथ्याङ्क सार्वजनिक गर्न भन्दै झाओले विस्तृत विवरण माग गरेका छन् । कोरोनाभाइरस चीनसम्म आइपुग्नु अमेरिकाकै हात भएको दाबी चीनको विशाल जनसम्पर्क अभियानले गरको छ । फक्स न्युज