भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

व्यवसायी र विज्ञको मत बाझियो

व्यवसायी र विज्ञको मत बाझियो

इलाम । अलैंचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैंची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैं तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैंचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उत्तम र अरूलाई ‘वेकामे’भन्ने चलन सधैँ चलिरहन्छ ।

५ वर्षअघि आधुनिक भट्टीभन्दै विभिन्न संघरसंस्थामार्फत विदेशी भट्टी गाउँ पु¥याइयो । तिनै भट्टीलाई गुणस्तरीयको नाम दिँदै किसानलाई भिराइयो पनि । अन्ततः गुणस्तरहीन भट्टी भन्दै किसान पराम्परागत भट्टीमै फर्किए । अहिले ती भट्टीलाई खुलेरै कृषि विज्ञ र अलैंची व्यवसायी ‘कमिसनको नाममा भिराइएको’ भन्न हिच्किचाउँदैनन् तर अहिले सुधारिएको भट्टी भन्दै नयाँ किसिमका भट्टी पहिले जस्तै गाउँ पु¥याइएका छन् । यस्ता भट्टीको वितरणमा व्यवसायी र विज्ञले मात्र होइन, सरकारी कार्यालय कृषि ज्ञान समेत लागेको छ ।

सुध्रिएको नाममा ल्याइएका यस्ता भट्टी पनि आलोचनाबाट मुक्त छैनन् । यसबारे विज्ञ र व्यवसायीकै तर्क फरक छ । व्यवसायी÷व्यवसायीकै धारणा मिल्दैन । सुधारिएको भट्टी भनिए पनि अन्तरराष्ट्रिय बजारमा पराम्परागत भट्टीकै अलैंची गुणस्तरीय हुने बताउँछन् अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई । उनका अनुसार परम्परात भट्टी बाहेकका अन्य भट्टीबाट उत्पादित अलैंची अहिले अन्तरराष्ट्रिय बजारमा कम गुणस्तरीय छन् ।

आधुनिक वा सुधारिएको भट्टीको अलैंचीको भित्री भाग नपाकेको र लामो समय नटिक्ने भएकाले यस्ता भट्टीको औचित्यै नभएको भट्टराईको भनाइ छ । ‘सरकारी कार्यालयबाट आएको पैसा भट्टीमा लगाइएको मात्रै हो’, भट्टराई भन्नुहुन्छ, ‘हाम्रा लागि परम्परागत भट्टी नै उपयुक्त छन् ।’ सुधारिएको नाममा आएका भट्टीको अलैंची छिट्टो कुहिने वा कीरा लाग्ने हुन्छ भने पराम्परातगत भट्टीको अलैंची लामो समय टिक्ने भट्टराईको दाबी छ । रासस

 

 


Thali Mobile Pvt.Ltd.