भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चर्चित टिभी अभिनेत्रीले गरिन् आत्महत्या

चर्चित टिभी अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी । तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी २६ वर्षिया श्रावणीलाई मंगलबार कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको हो ।

झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषित गरे । काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका कारण अभिनेत्री आत्महत्या गर्न बाध्य भएको आमाबुवाले आरोप लगाएका छन् । अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् ।

जब उनी बाहिर निस्किइनन् तब परिवारका सदस्यले ढोका ढक्ढकाए, भित्रबाट केही जवाफ नपाउँदा उनीहरु कसैगरी कोठाभित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् । श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेर चर्चाबटुलेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.