भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ ।

पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो ।

कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.