भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

श्रीमतीको हत्या गर्ने राई पक्राउ

श्रीमतीको हत्या गर्ने राई पक्राउ

खोटाङ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवा गढी –६ नेर्पाका ३२ वर्षीय बाल जीत राईलाई प्रहरीले पक्राउ गरेको छ ।

दोर्पामा डेरा गरी बस्ने २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो । घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बाल जीत फरार रहेको भन्ने खबर पाएपछि प्रहरीले खोजीकार्य जारी राखेको थियो ।

घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ राईलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरी आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.