भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

संकटकाल घोषणा

संकटकाल घोषणा

एजेन्सी ।  मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका र सयौं घाइते भएकाकारण अमेरिकी राष्ट्रपति जो बाइडनले संकटकाल घोषणालाई अनुमोदन गरेका छन् । दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिए संकटकाल घोषणा गरिएको हो ।

उनले ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेशसमेत दिएका छन् । राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो । मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ ।

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन् । सयौं घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ । रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक भरिएको छ । सहर भग्नावशेषमा परिणत भएको छ । पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस, वरिपरिको खेतबारी आँधीको चपेटामा परेको छ ।

 


Thali Mobile Pvt.Ltd.