काठमाडौं । ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण शुरु गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न तथा बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलो पटक यान्त्रिक परीक्षण थालेको हो ।
साताव्यापी रूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो ।
मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको प्रहरीले जनाएको छ ।
