भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

संवैधानिक परिषद्‍को बैठक भोलि बस्ने

संवैधानिक परिषद्‍को बैठक भोलि बस्ने

काठमाडौं । संवैधानिक परिषद्‍को बैठक सोमबार बस्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच यसबारे सहमति भएको थियो ।

सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने छ ।

यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्‍को बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन ।

केही महिनादेखि नै सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहँदा संवैधानिक परिषद्‍का लागि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब देखिएको छ ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.