भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

संसद्‌का दुवै सदनको बैठक बस्दै

संसद्‌का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक भएको छ । बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

आइतबारको बैठकमा प्रतिपक्ष दलले अवरुद्ध गर्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।प्रमुख प्रतिपक्ष एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लै अवरुद्धमा जुटेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरुद्धमा, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोलगायतका विषयमा एमालेले विरोध जनाएको छ ।

यता त्यसको विरुद्धमा नेपाल मजदुर किसान पार्टीले सडक देखि सदनमा समेत विरोध गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको मात्रै विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नागरिकता विधेयक र रेसम चौधरीको आममाफीबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ ।

तीन दलको अवरोध पछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक आजका लागि सुचना निकालेर स्थगित गरिएको थियो । प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित राष्ट्रियसभाको दोस्रो बैठकमा केही कार्यसूची हटाइ शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.