भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सङ्कटमा पयो ठेकी बनाउने व्यवसाय

सङ्कटमा पयो ठेकी बनाउने व्यवसाय

बलेवा, । कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्नुहुन्थ्यो तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै । जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् ।

जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउनुहुन्छ । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उहाँले भन्नुभयो, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुर बताउनुहुन्छ ।

चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् । “दशैँ र चैतेदशैँ मा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उहाँले भन्नुभयो, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।” मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.