भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सतर्कता अपनाउन विभागको आग्रह,बाढी पहिरोको जोखिम कायमै

सतर्कता अपनाउन विभागको आग्रह,बाढी पहिरोको जोखिम कायमै

काठमाडौं । देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो जानुका साथै उच्च जोखिम समेत बढेको छ । एक सातादेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको हो । वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो गइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित हुन विभागले आग्रह गरेको छ ।

अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने चेतावनी समेत दिएको छ । वर्षा भइरहेका स्थानमा नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सर्तक रहन विभागले आग्रह गरेको छ ।

शुक्रबार गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप वर्ष हुने भएकाले सजग रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.