भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सत्ता गठबन्धनका दलहरुबीच भागवण्डाको सहमति, रास्वपाले पाएन भाग

सत्ता गठबन्धनका दलहरुबीच भागवण्डाको सहमति, रास्वपाले पाएन भाग

काठमाठौं । सत्ता गठबन्धनबीच पेचिलो बन्दै गएको सिट बाँडफाँटका बिषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धका शीर्ष नेताहरुको बैठकले उक्त बिषयमा सहमति गर्दै बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेका हुन् । दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

यता गत पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधानसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो । नागरिकता विवादबाट सरकारबाट बाहिरीएको रास्वपाले गठबन्धनका दलभित्र भएको मन्त्रालयको भागबण्डा सरकारमा सहभागी हुन नपाउने भएको छ ।

गठबन्धनका दलहरुबीच कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

त्यस्तै आजको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्ने बिषयमा छलफल नभएको र यस विषयमा दलहरुबीच पुनः छलफल गरि निष्कर्षमा पुगिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.