भर्खरै : Sorry, your browser does not support inline SVG.

सत्ता गठबन्धनमा सहमति जुुट्यो, कुन दलले कहाँ पाए ?

सत्ता गठबन्धनमा सहमति जुुट्यो, कुन दलले कहाँ पाए ?

काठमाडौं । गठबन्धनले प्रतिनिधिसभाको सिट भागबन्डालाई अन्तिम रूप दिएको छ । लामो रस्साकस्सीपछि जनता समाजवादी पार्टी बाहेक केहि सिट खाली राख्दै चार दलले आ–आफ्नो क्षेत्रमा सहमति जुटाएका हुन् । गठबन्धनले १६५ सिटमध्ये १६१ सिटको भागबन्डा मिलाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा (माओवादी केन्द्र)लाई ४५, नेकपा (एकीकृत समाजवादी)लाई २० र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँड गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड हुने जनाइएको छ ।

अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने जनाइएको छ । गठबन्धनले विवादमा रहेको बाँकी ४ सिटमा पनि सहमति गर्ने भएको छ । सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.