भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सप्तरीमा छठ पर्व सुरु

सप्तरीमा छठ पर्व सुरु

राजविराज । लोक आस्थाको पर्व छठ सुरु भएको छ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आज बुधबार नहाई खाई बिधिवत सुरु भएको छ ।

छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल समेत गरेको छ ।

भिडभाड नगरि घर परिवारमै छठ पर्व मनाउन निर्देशन र आग्रह गरेकाले यस पल्ट छठ घाट सरसफाईमा सुरक्षाकर्मी नखटेको एक सुरक्षा अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.