भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सबै आ–आफ्नै रणनीतिमा, काँग्रेसले नमाने एमालेसंग मिलेर प्रधानमन्त्री हुने प्रचण्डकाे दाउ

सबै आ–आफ्नै रणनीतिमा, काँग्रेसले नमाने एमालेसंग मिलेर प्रधानमन्त्री हुने प्रचण्डकाे दाउ

काठमाडौं । बहुमतसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन् । कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन् । तर नेतृत्वमा आ आफ्नै दावी गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा छोड्दै नछोड्ने भनिरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्ने रस्साकस्सीमा जुटेका छन् । सहमति नदिए देउृवासंगको साथ छोड्ने अभिव्यक्ति समेत दिएका छन् । सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान कायमै छ ।

चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडान देउवाले लिएका छन् । पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने कांग्रेसले भनेको छ । तर प्रचण्ड कुनै हालतमा पनि पहिलो दुई वर्ष प्रधानमन्त्री आफुुले नछोड्ने भनिरहेका छन् । यतिबेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका लागि दौडधुप र भेटघाटमा व्यस्त छन् ।

नेतासँग अनौपचारिक बार्गेनिङ गरिरहेका उनलाई कांग्रेसले स्वीकार नगरे एमालेसँग मिलेर आफू प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । राष्ट्रपति, सभामुखलगायतमा सम्झौता गरेर भए पनि प्रचण्ड तत्काल नै प्रधानमन्त्री हुन चाहेको नेताहरू बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित भएको भेटवार्तामा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए ।

कांग्रेसले नमाने वाम गठबन्धन गरेर सरकार बनाउने पहल पनि भइरहेको नेताहरुले बताएका छन् । सरकार गठनका विषयमा एमाले भने ‘पर्ख र हेर’को अवस्थामा रहेको छ । गठबन्धन तोडेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार रहेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.