काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ ७ गते गर्ने भएको छ ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।
शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
लेखकले भने, ‘माघ ७ गतेका लागि लगभग सहमति भएको छ ।’