१.१ विषय प्रवेश : सामाजिक चाल चलनको समग्रता नै संस्कृति हाे । संस्कारहरुको सामूहिक क्रियाकलापले कुनै पनि समुदायका नागरिकको पहिचानमा सहयोग पु¥याउँछ । समाजका रङ्गिन चाल चलन, भेष भूषा र रहन सहनले त्यस स्थानको वास्तविक्तालाई ऐना जस्तै प्रतिविम्बित गराउँछ । निश्चित समाजमा रहेका विभिन्न मानिस, तिनिहरुको समूदायलाई निश्चित वर्ण तथा वर्णको नजरले हेरिएको पाईन्छ । परन्तु, तिनिहरुका विविधखाले क्रियाकलापले पहिचानको कार्यमा सहयोग पु¥याउँछन् ।
प्रत्येक समूदायको बाह्य प्रस्तुतिलाई (Exposure) प्रतिविम्वित गराउँछ । तसर्थ, कुनै निश्चित समाज, सामाजिक चाल चलन र प्रचलित रीतिरिवाजहरुलाई अध्ययन र अवलोकन गरेको खण्डमा प्रस्तुत अभिव्यक्तिको झल्को पाईन्छ । नेपाल आर्य, द्रविड र मंगोलियन समूदायको सम्मिश्रणबाट बनेको छ । गाउँ नै गाउँको देश भएकाले यहाँका बहुसंख्यक नागरिकहरु ग्रामीण इलाकामा बसोबास गर्दछन् । सहरमा समकालीन समाजका सम्पूर्ण सुविधाहरु प्राप्त भएका हुन्छन भने ग्रामीण क्षेत्र मानवीय जीवनका न्यूनतम पूर्वाधारहरुबाट पनि अझ तल रहेको यथार्थता पाईन्छ । आफ्नाे श्रममा भर पर्नु बाहेक ग्रामीण जनताको जीवनस्तर उकास्ने उपाय प्रायः कम पाईन्छ ।
व्यापार, व्यसाय मात्र दैनिक गुजाराको चटारो पूर्ति गर्ने माध्यम बनेको हुन्छ । असीमित श्रम र निरन्तरको शारीरिक श्रमको कारण ग्रामीण क्षेत्रका नागरिकको शरीरमा पसिना गन्हाउने र मैलका टाटाहरु बस्त्रहरुमा तुलनात्म रुपमा देख्न वा अनुभूत गर्न सकिन्छ । कतिपयले निरन्तर संघर्षमय जीवन जिउँछन् भने कतिपयले श्रमको वास्तविक अर्थ समेत भेउ पाउन नसक्दा दैनिक गुजाराका कार्यहरु समेत अप्ठेरोमा रहेको पाईन्छ । कतिपयले विकसित बजारका मानिसहरुको सिको गरेर दैनिक रचनात्मक समयको बर्वाद गरेको अवस्था विद्यमान रहेको छ भने कतिपयले थकाई मारेर राहतको अनुभुति गर्न नसकेको अवस्था ग्रामीण क्षेत्रमा व्याप्त रहेको छ ।
पुरुषको तरलनामा महिलाहरुले बढी घरायसी कार्यमा खट्नु पर्ने हुन्छ । तर विगत केही वर्ष यता यस कार्यमा सिथिलता आएको पाईन्छ । जसै पढेलेखेका महिलाहरुको संख्यात्मक वृद्धि भएको पाईन्छ, त्यति नै परम्परागत क्रियाकलाप तथा घरायसी सक्रियतामा समेत खुकुलोपना हावी भएको देखिन्छ । विगतका मानिसहरु आत्मनिर्भर हुन्थे, तर अचेल परनिर्भरताले ग्रामीण नेपाली समाजमा व्यापकता पाएको छ । पशुपालन, दही, दुध, घ्यू, खेतीपाति र कृषि उपजको व्यवस्थापन गर्ने पूर्खाको तुलनामा अचेल बजारिया सामाग्रीमा निर्भरता बढेको पाईनु, बेसार, लसुन, धनियाँ र तरकारी उत्पादनमा समेत बजारको भर परेर आफ्नाे उत्पादनलाई बेवास्ता गर्ने कार्यले समाजमा सुविधाभोगी प्रवृतिको विकास अधिक भएको पाईन्छ ।
आधुनिक सुविधा जति व्यापक बन्दै जान्छ, मानिसको जीवनमा त्यति नै अल्छीपनाले घेर्दो रहेछ भन्ने चरितार्थ नेपालका ग्रामीण क्षेत्रको जनजीवनमा देखिन्छ । कृषिमा आधारित अर्थतन्त्र (Agro-based Economics) ले मानिसका दैनिक आवश्यक्ताको पूर्ति गराउँछ, तर अप्रयाप्त मात्रामा मात्रै । समकालिन प्राकृतिक स्रोत र साधनहरुको उपयोग गरी समयानुकुल प्रविधिको विकास गरेको खण्डमा मात्र यसले मानिसको जीवनमा दुरगामी परिवर्तन ल्याउन सक्छ र जीवनमा आमुल परिवर्तनको मार्ग प्रशस्त खोलिदिन सक्छ ।
सामाजिक रुपमा भौतिक विकास व्यापक स्तरको आर्थिक समृद्धिमा भर परेको हुन्छ र मानवीय अन्नत चेतनाले यसमा प्रगाढता थप्ने कार्य गरेको हुन्छ । सुशासन (Good Governance) र सहभागीतात्मक उत्तरदायी विकास (Participatory Responsibe Development) ले मात्र सदाचार तथा पारदर्शितालाई प्रतिविम्बित गर्ने हुँदा समाजका सक्रिय राजनीतिक नेतृत्व तथा आम नागरिकहरुमा अन्नत एवम् नैतिक मूल्य र मान्यता (Supreme socio-mores and morality) को समुच्च बोध हुन जरुरी हुन्छ ।
तबमात्र आम नागरिकको परिचालन र सहभागीताले उच्चतम बिन्दु पछ्याउँछ र विकासका पूर्वाधारहरुले निर्धारित समय अगावै जनताबीच साक्षत्कार गर्न सकेका हुन्छन् । तसर्थ महान दार्शनिक अरस्तुले भन्नु भएको छ, “राजनेता नैतिक मूल्य र मान्यताको सम्मान गर्ने एक दार्शनिक बन्नु पर्दछ र उसले सामाजिक उत्तरदायित्वलाई अवलम्वन गर्नु जरुरी हुन्छ ।”
१.२. विकृति र विकास
विकृति र विकास विपरितार्थक शव्द हुन । यी दुबै एक अर्काको विरुद्धमा उपस्थित हुन्छन् । समाजमा आम नागरिकको मन बहकाउने र नचाहिने वा वाहियात कार्यका लागि प्रोत्साहन गर्ने कार्यहरु विकृति हुन भने विकृतिका विरद्ध सार्वजनिक हितका लागि रचनात्मक सचेतनाको बाटो विकास हो । चेतनाको विकास सहित नियन्त्रित भौतिक विकास जसले सामाजिक उन्नतिका लागि प्रोत्साहन गरेको हुन्छ, त्यो नै विकास हो ।
सामाजिक, आर्थिक, संवेगात्मक (शारीरिक र मानसिक) तथा मनोगत विकास नै वास्तवमा विकास वा उन्नतिको पर्याय बनेको हुन्छ । समाजले अपाच्चे ठानेको त प्रमुख विरोध गर्न नसकेका सार्वजनिक लज्जाका विषयहरु विकृतिहरु अन्तर्गत हुन्छन् । हाम्रो समाजमा विगतमा व्याप्त राती गीत गाउने चलन, जुवा–तास खेल्ने, रक्सी सेवन गरेर जथाभावी बोल्ने, चोर्ने, चाला चुकुली(कुराकाट्ने) गर्ने र अरुलाई बद्ख्याई गर्ने चलनहरु विकृतिका पोका हुन । यसले मानिसकाे नैतिक आचरण एवं बौद्धिक विकास हुनुको सट्टा मदपनाको विकास हुने र मुडुली गाई जुधाईको परम्परा हुने गर्छ ।
जसले तथ्यमा र बस्तुगत यथार्थमा आधारीत बन्नुको सट्टा लफडा गर्ने र बकम्फूसे तर्क गर्नमा अभ्यस्त राख्ने मनोवृतिको विकास गराउँछ । हाम्रो समाजका चाड–पर्व र मेलाहरुमा गरिने रक्सी, जुवा र छाडा शब्दको वर्षासहितका गाली–गलोजनहरु यसका उदाहरण तथा प्रभावहरु हुन । जात्रामा गरिने अमानवीय क्रियाकलाप गैह्र नैतिक मूल्य मान्यतायुक्त आचरण र मानवीय स्वभीमानको खललताका आचरणहरु वास्तवमा चेतना विकासको उपहासका प्रमाणहरु हुन ।
नैतिकतामा आउने ह्रास तथा दायित्वमा देखा पर्ने खडेरी वास्तवमा हाम्रो समाजका विकृतिहरुलाई बढाउने प्रमुख स्रोतहरु हुन । विचार –विर्मष र छलफल एवं तर्कका ठाउँमा गाली-गलोज गर्ने गोठाले युगको प्रर्याय (symbol of partool age) वास्तवमा विकृति बुझ्ने ज्वलन्त प्रमाण हुन । विकासले छलकपटको ठाउँमा तर्क–विर्तक र व्याख्या विश्लेषकलाई प्रधानता दिन्छ । कमी कमजोरीप्लाई महशुस गर्नलगाई समस्या समाधानका लागि बौद्धिक तर्कसहित चिन्तनशील रहन प्रयत्न गराउँछ । हीनताको साैन्दर्य होइन, बौद्धिकता र सुन्दरताको मनोविज्ञानको विकास वास्तवमा विकासले गराउँछ ।
समाजलाई सापेक्ष रुपबाट तुलना गर्नु विगत वर्तमानको समीक्षा सहित भविष्यको अनुमान गराउने कार्य प्राय: विकसित आचरणले गराउँछ । सामाजिक सम्बन्धको विस्तार सदभाव एवं सहिष्णुताको व्यापकता, इमानदारिता तथा जवाफदेहीताको विकास नै साजिक विकासका उत्कृष्ट नमुना हुने गर्दछन् । विद्यमान खरावी एवं कमजोरीहरुलाई सच्चाउदै आस्था एवं विचारमा वद्ध रहने कार्य संवेगात्मक विकासले गराउँछ ।
नैतिकताको खडेरी भएता पनि वास्तविक चेतनाको विकास हामी गर्न सक्छौ भन्ने सर्वाेत्तम चेतना नै मनोवैज्ञानिक विकास हुने गर्दछ । जीवनको अनुभूती त वास्तविक जीवन जीउनुमा हुने गर्दछ । तसर्थ, मानिसको अन्तस्करणमा घनिभुत भएका कला, विचार, भावना, सीपलाई दक्षतापूर्वक प्रस्फूटन गराउन सक्नु नै वास्तवमा उत्तरदायि विकासको प्रमुख स्रोत बन्न पुग्छ । बैचारिक सचेतताले सजगतालाई प्रवद्धन गर्दछ भने उन्नत विचारले मात्र समाजको विकासलाई तिव्रता दिने गर्दछ । अन्ततः विचार प्रस्तुतिको समुह रुपनै वास्तविक विकास हो, जसले विकृति र विसङ्गतिको अन्त्यका लागि पहल गरेको हुन्छ । क्रमश…

