काठमाडौं । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सुदूरपश्चिम प्रदेशमा भने अहिले सम्म पत्रकारमा कोरोना देखिएको छैन ।
कुन प्रदेशमा कति ?
प्रदेश नं २ मा सबैभन्दा बढी २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रदेश नं १ मा १७ जनामा कोरोना पुष्टी भएको छ ।
वाग्मती प्रदेशमा २६ जनामा कोरोना पुष्टी भएको छ ।
गण्डकी प्रदेशमा १५ जनामा कोरोना पुष्टी भएको छ ।
प्रदेश नंं ५ मा १२ जनामा कोरोना पुष्टी भएको छ ।
र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
महासंघका अनुसार कार्यस्थलमा खटिने र फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ ।
