भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

समातिए गैँडाका खाग तस्कर

समातिए गैँडाका खाग तस्कर

काठमाडौँ । गैंडाका खाग तस्करीमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाली सेना तथा वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले ४ वटा गैँडाको शिकार र खाग ओसारपसारमा संलग्नमध्ये अधिकांश व्यक्ति पक्राउ गरेको हो ।

पक्राउ परेका १४ जनालाई सार्वजनिक गर्दै प्रहरीले उनीहरूलाई काठमाडौँ, चितवन र बर्दिबासबाट पक्राउ गरेको हो । यसअघि पनि चोरी शिकार, तस्करी अपराधमा जेल परेर छुटेका समेत रहेका व्यक्ति संलग्न भएको अनुसन्धानबाट खुलको छ ।

नेपालमा वन्यजन्तुको शिकार कम र अङ्गको तस्करी बढी हुने गरेको भन्दै तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर आखेटोपहारको तस्करी गर्ने गरेको वन्यजन्तु तस्करीसम्बन्धी अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको भनाई छ । यसमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको उनीहरूको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.