भर्खरै : Sorry, your browser does not support inline SVG.
शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना |

समानुपातिक बन्दसूचीमा दलहरूको लापर्वाही

समानुपातिक बन्दसूचीमा दलहरूको लापर्वाही

काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले बन्दसूची बुझाउँदा लापरबाही गरेको छ । प्रतिनिधिसभामा ४८ दल र प्रदेश सभामा दुई सय १३ दलको बन्दसूचीमा त्रुटि देखिएको छ ।

भद्रगोल सूची बुझाएपछि आयोगको प्रणालीले नै काम गरेको छैन । बन्दसूचीमा त्रुटि गर्नेमा प्रमुख सत्तारूढ दल सहित साना दल रहेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत दलहरूलाई बन्दसूची संशोधनका लागि १६ असोजसम्म समय दिइएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले २ र ३ असोजमा बन्दसूची दाखिला गरेका थिए जसमाथि ४–९ सोजसम्म आयोगले छानबिन गरेको थियो ।

जाँचबुझ गर्दा अधिकांश दलको सूचीमा समानुपातिक समावेशी प्रतिनिधित्व नमिलेको पाइएकाले सच्याउन दलहरूलाई पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

दलहरूले सच्याएर ल्याएपछि २२ असोजमा आयोगलाई बुझाउने र त्यसपछि आयोगले अन्तिम बन्दसूची सार्वजनिक गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.