भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्लाही प्रहरीले गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ

सर्लाही प्रहरीले गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ

सर्लाही । सर्लाही प्रहरीले चोरी डकैतीमा संलग्न रहेको आरोपमा एक जनालाई गोली हानेर पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–२ का विजेन्द्र पासवानलाई भारतीय सीमा नजिक रहेको शीतलपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पासवानलाई घुँडामुनि एक राउन्ड गोली लागेको छ । मधेशका बारा, सर्लाही, महोत्तरी र सिरहासँगै सीमावर्ती सिन्धुली जिल्लामा चोरी डकैतीका सात वटा घटनामा पासवान संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनले पछिल्लो समय एक करोड रुपैयाँभन्दा बढीको नगद, सुनचाँदीका गरगहना तथा सरसामान लुटेको पाइएको डीएसपी जैसवारले बताए । त्यस्तै पासवानमाथि सिन्धुलीको झपसी क्यानेश्वर, बाराको गढीमाई, सर्लाहीको भक्तिपुर, सिरहाको लहान र महोत्तरीको भङ्गाहा तथा समसीमा चोरी डकैती गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनले २०५९ सालदेखि चोरी डकैती गर्दै आएका थिए । पासवानको अहिले जलेश्वर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.