भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सलह रोकथाममा नेपालमै बनेको ड्रोन परिचालन

सलह रोकथाममा नेपालमै बनेको ड्रोन परिचालन

१९ असार २०७७ काठमाडौं । महामारी निम्त्याउने सलह किरा रोकथामका लागि नेपालमै बनेको ड्रोन परिचालन गरिएको छ । कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषकले सलह नियन्त्रण गर्न ड्रोनको सफल परीक्षण गरेको हो ।

मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले बताए । २५ केजी किटनाशक औषधि बोक्ने क्षमता भएको ड्रोनले पहिलो पटक १० केजी राखेर सरफ परीक्षण गरेको छ । स्प्रे गर्दा ६ वटा मोटर चल्ने र साउन्ड ठूलो आउने भएकाले सलह किरा भगाउन सजिलो हुने साथै साउन्डको लागि स्पीकरजडान गरेरड्रोन उडाउने केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.