काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका समस्या समाधान गर्न पहल थालेको छ ।
महासंघले ओमदेवी मल्लको संयोजकत्वमा समस्या समाधान संयोजन समिति गठन गरेको जनाएको छ । समितिमा सञ्चालक शिव डाँगी र राजेन्द्र पौडेल रहेका छन् ।
समितिले विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु, नियामक निकाय तथा सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी समस्या समाधानको पहलकदमी गर्न समिति गठन गरिएको अध्यक्ष मिनराज कँडेलले बताए ।
सहकारीमा संकट चुलिदैँ गएपछि केही सञ्चालकहरुले सहकारी बचायौं राष्ट्रिय अभियान सञ्चालन गरेका छन् ।
अभियानले १३ बुँधे माग राखी केही दिनदेखि महासंघको विरुद्धमा आन्दोलन गर्दै आएको छ। संघर्ष समितिले महासंघको परिसरमा सोमबार दिनभर अनसन बसेको थियो ।
