भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मन्त्री बन्नका लागि दौडधुप, को को बन्दैछन् मन्त्री ?

मन्त्री बन्नका लागि दौडधुप, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिहँदा नेपाली मन्त्री बन्न सांसदहरूको दौडधुप चलेको छ ।

कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ भने अन्य दलमा पनि मन्त्री बन्न हानथाप चलिरहेको स्रोतले बतायो ।

शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहेका छन् भने इतर समूहका नेता डा. शेखर कोइराला निवास मण्डिखाटार र महामन्त्री गगन थापाको निवास रातोपुलमा पनि भीडभाड देखिएको छ ।

यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहमाथि पनि उनको ठमेलस्थित निवासबाट मन्त्रीका लागि दबाब छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि केही सांसद मन्त्रीका लागि सिफारिस गरिदिन भन्दै धाइरहेका छन् ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि मन्त्री बनाइदिन धाइरहेका छन् ।  ‘सभापतिदेखि महामन्त्री र पूर्वमहामन्त्रीको निवासमा कोटामा मन्त्री बनाइदिन भन्दै सांसदहरू धाइरहेका छन् । यता सरकारमा सात मन्त्री र एक राज्यमन्त्री काँग्रेसको भागमा लगभग सहमति बनिसकेको बुझिएको छ ।

यता सत्ता गठबन्धनका अन्य दलहरुमा पनि मन्त्री बन्नका लागि सांसदहरुको दौडधुप चलेको छ ।

 


Thali Mobile Pvt.Ltd.