भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु, यस्ताे छ कारण

स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु, यस्ताे छ कारण

काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चलेको छ । उक्त घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् ।

उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको गोली लागेर स्कुलका मृत्यु भएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।

कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु अध्यन गरिरहेका छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् । २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी प्रहरीले जनाएको छ । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण अहिले खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.