भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

साइकल मार्फत समृद्धिको खोजि

साइकल मार्फत समृद्धिको खोजि

भक्तपुर । “भक्तपुर कोरा २०२३” सम्पन्न भएको छ । भक्तपुरको दरबार क्षेत्रबाट शनिबार सुरु भएको भक्तपुर कोरा २०२३ विभिन्न रुटहरु पार गर्दै पुनः भक्तपुर दरबार क्षेत्रमै पुगेर सम्पन्न भएको हो ।  तेश्रो पटकको साइकल यात्रामा ६ सय भन्दा वढीले सहभागिता जनाएका थिए ।

भक्तपुरमा साइकल संस्कृति तथा साइकल पर्यटनमार्फत् जिल्लाको समग्र पहिचान राष्टिय र अन्तर्राष्टिय रुपमा उजागर गरेर स्थानीय अर्थतन्त्रमा सकारात्मक टेवा पुयाउने उद्देश्य अभियानले राखेको जनाएको छ ।

भक्तपुर दरबार स्वायरबाट सुरु हुँदै बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.