साउदीका राजकुमार नेपाल आउँदै

साउदीका राजकुमार नेपाल आउँदै

काठमाडौं । साउदी अरेबियाका राजकुमार नेपाल आउदै छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.