भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

साउदीमा ४८ नेपाली अलपत्र, दूतावास मुखदर्शक बनिदिदा ७ जना जेलमा

साउदीमा ४८ नेपाली अलपत्र, दूतावास मुखदर्शक बनिदिदा ७ जना जेलमा

दोहा । रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । करिब ७ महिनाअघि त्यहाँ पुगेका उनीहरु टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका थिए ।

कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र उनीहरु अलपत्र परेका हुन्। तीन म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई एजेन्ट तथा म्यानपावरले कम्पनी भनेर पठाए पनि ७ महिनामा कम्पनीले ४ वटा ठाउँ फेरिसकेको सुनसरीका महमद राम्जान मियाले बताए ।

साथीहरुलाई कम्पनीले बिना कारण जेल हालेपछि करिब एक हप्तादेखि काम बन्द गरेका आफूहरुसँग कम्पनी छलफलमासमेत नआएको दिपेन्द्र झाले गुनासो गरे ।

आफूहरुको फोन समेत नउठाएको भन्दै उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन् ।

रियादस्थित नेपाली दूतावासलाई पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरे पनि कुनै पहल नभएको गुनासो गरे । टोकियो ओभरसीजका चेयरमेन सुरेन गौतमले भने झगडा गर्ने ७ जना जेल गएको बताए ।

 


Thali Mobile Pvt.Ltd.