साङ्केतिक भाषा अब शब्दमा रूपान्तरण

साङ्केतिक भाषा अब शब्दमा रूपान्तरण

काठमाडौं । नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने उपकरण निर्माण गरेका छन् । बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले ती व्यक्तिहरूलाई लक्षित गरेर ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिस पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण निर्माण गरेको हो । उपकरणले साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्ने भएकाले बोल्न नसक्ने, दृष्टिविहीन र अन्य व्यक्तिबीचको सञ्चारलाई सहज बनाउने उनीहरुको दाबी छ ।

यो उपकरण हातमा पन्जा (ग्लोब्स) लगाएजसरी लगाउनुपर्ने बताउँदै यस उपकरणमा साङ्केतिक भाषा ‘ट्रान्सलेसन सफ्टवेयर’ रहेको जानकारी दिए । यो उपकरण हाल नमुना (प्रोटोटाइप) अवस्थामा रहेको र नेपालकै मानक साङ्केतिक भाषा प्रयोग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.