भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सामाजिक एकताको प्रतीक हो तमु ल्होसारः उपराष्ट्रपति

सामाजिक एकताको प्रतीक हो तमु ल्होसारः उपराष्ट्रपति

काठमाडौं । तमु ल्होसार सामाजिक एकताको प्रतीक भएको भन्दै समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि उपराष्ट्रपतिले शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ । विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन् ।

हामीमा विविधताबीचको एकता छ । यो नै हामी नेपालीको साझा पहिचान हो ।’ पुराना वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमु ल्होछार-ल्होसारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्नुका साथै

सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास लिएको उपराष्ट्रपति नन्दबहादुर पुनले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.