भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

‘सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू’

‘सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू’

काठमाडौं । मर्मत तथा प्राविधिक कारणले विभिन्न समयमा लाइन काटिएको ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले जनाएको छ । तर यसलाई लोडसेडिङ नभन्न आग्रह गरेको छ ।

सडक विस्तारका क्रममा आइतबार ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले सूचना समेत जारी गरेको थियो ।

त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भन्दै मन्त्रालयले भ्रममा नपर्न र केहि सुझाव भए सिधै मन्त्रालयमा फोन गर्न भनेको छ । पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न समेत सचिवालयले अनुरोध गरेको छ । सेवाग्राहीले सिधै सम्पर्क गर्नका लागि ऊर्जामन्त्रीको सचिवालय हटलाइन नम्बर(११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.