भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सिन्धुपाल्चाेकका भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण सम्पन्न

सिन्धुपाल्चाेकका भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण सम्पन्न

सिन्धुपाल्चोक । २०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालयहरु सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन पुनर्निर्माण भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले भूकम्पबाट क्षति पुगेकामध्ये चारवटा विद्यालयका भवनबाहेक सबै विद्यालयका भवन पुनर्निर्माण भइसकेको बताए । उनका अनुसार ०७२ को भकम्पले सिन्धुपाल्चोकका ५४७ विद्यालय भवन ध्वस्त बनाएको थियो । पूर्ण रूपमा क्षति भएका विद्यालयका करिब तीन हजार ६२० कक्षाकोठा ढलेको जानकारी दिए ।

थाङ्पाल भ्याली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले एसियाली विकास बैङ्कको २४ करोड रुपियाँको सहयोगमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २६ रोपनी क्षेत्रफल जग्गामा विद्यालयको ५६ कोठे भवन निर्माण भएको बताए ।

त्यसैगरी प्रधानाध्यापक सानुकाजी अधिकारीले रक्तकाली आधारभूत विद्यालय सुनकोसी गाउँपालिका–१, ठोकर्पामा चाइल्ड फन्ड जापान र टुकी सङ्घ सुनकोसीको दुई करोड ३४ लाख रुपियाँको सहयोगमा निर्माण भएको जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालयको भूकम्प प्रतिरोधी र आकर्षक भवन निर्माणपछि विद्यार्थीमा उत्साह थपिएको बताए ।

यता, स्थानीय ज्ञानेन्द्रप्रसाद तिमल्सिनाले टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाले तीन करोड ९७ लाख रुपियाँको आर्थिक सहयोगमा बलेफी गाउँपालिका–६ को कुपकन्या माविको भवन निर्माण गरिदिएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.