काठमाडौं । एमसीसी विरुद्ध जनता सडकमा आएपछि आन्दोलन दवाउन छिमेकी जिल्लाबाट प्रहरी राजधानी झिकाइएको छ । सशस्त्रका १४ सय प्रहरीले माइतीघर र बानेश्वर क्षेत्रमा खटाएको स्रोतले बतायो ।
काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत छिमेकी जिल्लामा कार्यरतलाई पनि आन्दोलनमा खटाउन झिकाइएको छ । नेपाल प्रहरीका १६ सय प्रहरीले दैनिक खटाउने गरेको छ । प्रहरी प्रधान कार्यालयदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायत कार्यालयबाट थप जनशक्ति परिचालन गरिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका चार सय जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ । एमसिसीविरुद्ध चर्किएको आन्दोलनमा उपत्यकाकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको हो ।
सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको हो । एमसिसीविरुद्ध भएका आन्दोलनमा दैनिक कम्तीमा तीन हजार दुई सय सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिने गरेका छन् ।
सत्तारुढ गठबन्धन टुट्ने अवस्था आएमा आन्दोलनमा हजारौँ सहभागी हुन सक्ने जोखिमको आकलन गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ । जुनसुकै वेला आन्दोलनले उग्र रूप लिन सक्ने जोखिममा आधारमा यसरी ठूलो संख्यामा जनशक्ति खटाइएको प्रहरीको भनाइ छ ।
उपत्यकाबाहिरका जिल्लामा रहेका वाटर क्यानन र भिड नियन्त्रणमा प्रयोग हुने बडी प्रोटेक्टरलगायतका सामानसमेत मगाइएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ ।
ठूलो संख्यामा सुरक्षाकर्मी खटिए पनि प्रहरीले न्यूनतम मात्र बल प्रयोग गर्दै आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनाली बताए । आन्दोलनमा हालसम्म एकैदिन अधिकतम सहभागी हुने बताइएको छ ।
आन्दोलनकारीभन्दा धेरै सुरक्षाकर्मी बानेश्वर क्षेत्रमा परिचालन हुने बताइएको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकमा सत्तारुढ दलबीच मतभेद बढेमा आन्दोलन उग्र हुन सक्ने भएकाले थप सुरक्षाकर्मी ‘ब्याकअप’मा राख्ने निर्णय भएको छ ।
