भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सिन्धुलीको चन्दनपुरमा जंगली हात्तीले आतंक, ४ घरमा क्षेती

सिन्धुलीको चन्दनपुरमा जंगली हात्तीले आतंक, ४ घरमा क्षेती

सिन्धुली । जंगली हात्तीले सिन्धुलीमा आतंक मच्चाएका छन् । सिन्धुलीको कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा जंगली हात्तीले आतंक मच्चाएका हुन ।

एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले सर्वसाधरणहरुको ४ वटा घर समेत भत्काएका छन् ।

विगत लामो समयदेखि कमलाखोच स्थित हुँदै आउने जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले व्यवस्थापनमा ध्यान दिन नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएको स्थानीयको गुनासो रहेको छ ।

पछिल्लो एक दशकमा कमलाखोंच क्षेत्रमा हात्तीको आक्रमणबाट १२ जनाले मृत्यु वराण गरिसकेका छन् । जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रका स्थानीय हात्तीको आतंकबाट प्रभावित बन्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.